पोखरामा टिकटक लाइभ बसेर पटकाको मार्केटिङ, २ लाख बढीको नष्ट
पाेखरा | कात्तिक २५, २०८०
पोखरा: सामाजिक सञ्जालमा सबैभन्दा बढी रुचाइएको टिकटकलाई अहिले व्यापारीले मार्केटिङको माध्यम बनाएका छन् ।
तिनै मध्येका एक पोखरेली व्यापारीले पनि तिहार पर्वको अवसर पारेर पटका खरिद गरेर टिकटक लाइभमा आएर मार्केटिक गरेका थिए ।
टिकटक लाइभमै उनले पटका खरिद विक्रीको मोलमोलाई गरेको एक प्रहरीका आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि कास्की प्रहरीले त्यसतर्फ अनुसन्धान गर्दै ति युवकलाई पटकासहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले बताए ।
‘एकजना युवक टिकटक लाइभमा आएर पटका खरिद गरेर बिक्रीका लागि मार्केटिक गरिरहेको सूचना कास्की प्रहरीलाई आयो’, डीएसपी विकले भने, ‘कास्कीमा तिहारमा भित्रिएका १८ थरीका पटका बरामद गरेर नष्ट गरेका छौं, चाडपर्व सुरक्षा योजना अनुसार पटका लगायत जुवतास, खोरखोरे सञ्चालन गर्नेलाई नियन्त्रण निमयन गर्न लागि रहेका छौं ।’
उनले हालसम्म तिहारको संघारमा १८ थरीका करिब २ लाख बढीको पटका बरामद गरेर नष्ट गरिएको बताए ।
उनका अनुसार जफत हुनेहरुमा प्याङ्गुइन कोब्रा खुर्सानी बम ७२ वटा, रकेट बम २० वटा, खुर्सानी बम ४७ वटा, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोलीबम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे पटका ८० प्याकेट, एटम बम १४ पिस, डबल बम १० पिस, गमला बम १७ पिस, चक्र बम २५ पिस, खुर्सानी बम ९८ सेट, सानो पटका ६, ठुलो पटका १२ र चकरी ५० थान, अवर १० थान र लसुन बम १५ थान रहेको छ ।
कास्की प्रहरीले कास्कीको विभिन्न स्थानबाट पटका बरामद गरेपनि कति जनालाई नियन्त्रणमा लिएको छ त्यो भने खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखराको विभिन्न स्थानबाट १८ थरीका पटका बरामद गरेको पुष्टी गरे ।
‘यो पटका एकै स्थानबाट बरामद गरेको होइन, विभिन्न स्थानबाट बरामद भएको पटका हो, प्रहरी उपरीक्षक थापाले भने, ‘थोरै थोरै संख्यामा पटका बरामद गरेका छौं, पटकासँग विभिन्न व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएका छौं, मुद्धा चलाउने नि नचलाउने छलफलकै चरणमा छौं ।’
यस्तै कास्की प्रहरीले विभिन्न स्थानबाट ५६ सेट खोरखोरेका ३ सय ५ वटा गोटी बरामद गरेर नष्ट गरेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

